Logo
Logo

रसुवाका ३ स्थानीय तहलाई औषधि सहयोग


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौंको लाजिम्पाटमा रहेको एशोसियशन नेपाल आकी अन्तर्गत सञ्चालित ‘कोथिना मीठो छ हस्पिटालिटी स्कूल’ले रसुवाका ३ स्थानीय तहलाई औषधि सहयोग गरेको छ ।

नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि स्कूलले जिल्लाको उत्तरगया, नौकुण्ड र आमाछोदिङम्मो गाउँपालिकामा होम आइसोलेसनमा  रहेका संक्रमितलाई आवश्यक सामग्री सहयोग गरेको हो ।

पूर्व सांसद मोहन आचार्यमार्फत सोही गाउँपालिकामा स्वास्थ्य सामग्री पठाइ वितरण गरिएको छ । स्कूलका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र पोखरेलले कोरोनालाई आवश्यक पर्ने औषधि सहयोग गरेको जानकारी दिए ।

ती सामग्रीमा भिटामिन ‘सी’, भिटामिन ‘डी’, जिंक चक्की, कोडोमोल ट्याब्लेट, विटा टु, थर्मोमिटर लगायत छन् । संक्रमितलाई डाक्टरको सल्लाह अनुसार आवश्यक पर्ने औषधि र स्वास्थ्य स्वयंसेवकलाई स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए ।

‘ग्रामीण क्षेत्रमा कोरोना रिपोर्ट पोजेटिभ आएर आत्तिएका जनतालाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले हामीले प्राथमिक स्वास्थ्य उपचारका लागि औषधि पठाएका हौं, जनता रोगले आत्तिएको बेलामा यसले थोरै भएपनि सहयोग पुग्नेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्