Logo
Logo

प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापा सर्वोच्चमा


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सांसद कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । आफूलाई असंवैधानिक रुपमा कारबाही गरिएको भन्दै रिट दर्ता गरेका हुन् ।

उनको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए । पार्टीको निर्णय अवज्ञा गरिएको भन्दै उनलाई सांसदबाटै हटाइएको थियो ।

पार्टीले विपक्षी गठबन्धनलाई सघाउने निर्णय गरेपनि उनी स्वतन्त्र बसेका थिए। जसले सत्तारुढ नेकपा एमालेका मुख्‍यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्रीमा दोहोरिएका थिए।

प्रतिक्रिया दिनुहोस्