Logo
Logo

चार मन्त्रीलाई ओलीको माया, जो अरु फेरिदा पनि दोहोरिए


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्री बन्नेभएपछि चार मन्त्री बाहेका सबैको पद जाने भएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका हुन् । अर्थमन्त्री पौडेललाई भने उपप्रधानमन्त्रीको पनि जिम्मेवारी पाउने भएका छन् ।

जसपाका ८ मन्त्री र दुई राज्यमन्त्रीसँगै एमालेका दुई मन्त्रीलाई शपथ गराउने ओलीको तयारी छ । एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्