Logo
Logo

महन्थ सरकारमा, उपेन्द्र जनकपुरतिर


दृष्टि संवाददाता


काठमाडाैं । जसपाको महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुँदा अध्यक्ष उपेन्द्र यादव भने जनकपुर पुगेका छन् । शुक्रबार ८ मन्त्री र दुई राज्यमन्त्रीसहित ठाकुर समूह सरकारमा सहभागी हुँदा यादव भने प्रदेश २ सरकार परिवर्तन गर्ने तयारी स्वरुप जनकपुर पुगेका हुन् ।

ठाकुर निकटका मन्त्रीलाई हटाएर प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सरकारमा ल्याउने तयारीमा यादव पक्ष छन् । जसपा विभाजन भएपछि धरापमा पर्ने प्रदेश २ सरकारले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

नीति तथा कार्यक्रम र बजेटलाई पूर्व राजपाले पास हुन नदिने जोखिम रहेकाले सरकार सुरक्षित हुन कांग्रेस र माओवादी केन्द्रको सहयोगको सुनिश्चितता गर्न उपेन्द्र समूहले सक्रियता बढाएको हो ।

प्रदेश २ मा पूर्वसमाजवादी पार्टीका ३०, पूर्वराजपाका २५, कांग्रेसका १९, एमालेका २१, माओवादी केन्द्रका ८, नेपा संघीय समाजवादी पार्टीका १ प्रदेश सांसद छन् । पूर्वराजपाका २५ मध्ये सामाजिक विकासमन्त्री नवलकिशोर साह र वन, पर्यटन, उद्योगमन्त्री रामनरेश राय राजापा समूह छोडेर उपेन्द्र यादवतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्