Logo
Logo

युवतीलाई होटलमा राखेर भिडिओ बनाउने तीन जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई होटलमा लिएर मदिरा सेवन गराई भिडिओ बनाउने तीन जना पक्राउ परेका छन् ।

प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई शनिबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पुन होटल सञ्चालक हुन् । उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए ।

उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले उनीहरूलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्