Logo
Logo

सुदूरपश्चिम प्रदेशमा प्रि-बजेट छलफल सुरु


दृष्टि संवाददाता


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सम्बन्धी छलफल सुरु गरेको छ ।

आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतासहित पूर्व बजेट छलफलका लागि तयार गरिएको दस्ताबेज पेश गर्दै छलफल सुरु भएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू वर्षभन्दा घटाएर ल्याउने बताएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । संघीय सरकारको बजेटसमेत गरी २८ अर्ब सम्म पुग्ने आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्