Logo
Logo

असार १ देखि विद्यालय खुलाउने वीरगञ्ज महानगरको निर्णय


दृष्टि संवाददाता


पर्सा । वीरगञ्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु असार १ देखि पुनः सञ्चालन हुने भएको छ।

दोस्रो लहरको कोरोना महामारीको कारण महानगर क्षेत्रका शैक्षिक संस्था गत वैशाख १२ देखि बन्द रहेका विद्यालयह विद्यार्थीको भौतिक उपस्थितिविना नै खुल्ने भएका हुन्।

विद्यालय बन्द रहेकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा हुन पाएको छैन। त्यसैले आन्तरिक मूल्यांकन गरेर परीक्षा फल प्रकाशन गर्न पनि विद्यालय खुला गर्नु परेको महानगर प्रमुख विजयकुमार सरवगीले बताए।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार असार पहिलो साता अर्थात् असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्नाका लागि व्यवस्थापकीय कार्य गर्ने, ८ देखि १५ गतेसम्म विद्यार्थी भर्ना सप्ताह अर्थात् घर दैलो कार्यक्रम गर्ने, १५ गते पछिदेखि नियमित रुपले विद्यालय पठनपाठन गर्ने गराउने निर्देशन विद्यालयहरुलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्