Logo
Logo

‘बाह्य शक्तिकाे साँठगाँठमा प्रधानमन्त्रीले संविधान मास्न खोजे’


दृष्टि संवाददाता


गोरखा । जनता समाजवादी पार्टीका संघीष परिषद् अध्यक्ष बाबुराम भट्टराईले व्यवस्था नै विघटनतर्फ लैजाने प्रत्यन भइरहेको बताएका छन् । सोमबार गृहजिल्ला गोरखामा पत्रकार भेटघाटमा बोल्दै नेता भट्टराईले अहिले संसद् विघटन मात्र नभइ व्यवस्था नै विघटनतर्फ लैजाने प्रयत्न भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री र राष्ट्रपतिजस्तो संस्थाको दुरुपयोग गरेर अदृश्य ढंगले वैदेशिक शक्तिसँग साँठगाँठ गरेर त्याग बलिदानबाट प्राप्त गरेको गणतन्त्र र संविधानलाई ध्वस्त पार्ने र नेपालालई डरलाग्दो अध्याँरो सुरुङभित्र धकेल्ने गुरुयोजना अनुसार देश त्यो दिशातर्फ गइरहेको उनको भनाइ छ । ‘त्यसलाई रोक्न हाम्रो पनि तागत पुगेन होला, आवाज पुगेन होला, त्यो बेग्लै पाटो तर पनि समस्या ज्यूँ का त्यूँ छ,’ उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनबलबाट परास्त गर्नुपर्ने समेत बताए । ओलीको तानाशाही प्रवृत्तिले देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको भन्दै उनले ओली सच्चिने अवस्था नरहेकाले जनबलबाटै परास्त गर्नुपर्ने बताए

यस्तै उनले अदृश्य शक्तिको चलखेल र सत्तालिप्साले आफ्नो पार्टीको एक ‘टुकडी’ सरकारमा गएर प्रधानमन्त्री केपि शर्मा ओलीको मतियार बनेको उनले दाबी गरे । उनले ‘प्यादा’ शक्तिको रुपमा उनीहरुलाई सरकारमा पठाइएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्