Logo
Logo

सञ्चार मन्त्रालयले गर्‍याे निवर्तमान मन्त्रीलाई बिदाई


दृष्टि संवाददाता


काठमाडाैं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता जनाएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले जस्तो सुकै भूमिकामा पनि देश र जनताको सेवामा लाग्ने बताएका हुन् । उनले कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा धेरै काम गरेको र अन्य धेरै काम गर्न बाँकी रहेको बताए । आगामी दिनमा सञ्चार मन्त्रालयमा आउने व्यक्तिलाई आवश्यक सल्लाह र सहयोग गर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्