Logo
Logo

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितीको बैठकमा सत्तापक्षले जेठ २७ गते विश्वासको मत लिने योजना सुनाएको थियो।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतले वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनुपर्ने प्रावधानअनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्