Logo
Logo

विपक्षीद्वारा प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध


दृष्टि संवाददाता


धनुषा । प्रदेश २ का विपक्षी दलका सांसदहरुले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

स्थानीय तहलाई आर्थिक मसान्तको अन्तिम समयमा पठाएको शसर्त अनुदान सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।

नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रदेशसभा बैठक सुरु हुन साथ विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका छन् ।

प्रदेशसभा बैठक सुरु हुनसाथ नेकपाका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले प्रदेशसभा र प्रदेश सांसदलाई अपमान गरी स्थानीय तहमा शसर्त अनुदानको बजेट बठाएको भन्दै आपत्ति जनाए ।

आर्थिक वर्षको अन्तिम समयमा शसर्त अनुदान पठाएर प्रदेश सरकारले बहादुरी देखाएको टिप्पणी गर्दै विश्वकर्माले बजेट नसचिए प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिए । प्रदेश सांसद र स्थानीय तहका प्रमुखलाई थाहै नदिइ योजना कसरी छनोट भयोु, विश्वकर्माले भने, ‘सांसदको एउटा पनि योजना परेको छैन ।

सरकारले सांसदलाई मुर्ख बनाएर अपमान गरेका छन् । कसको सिफारिसमा सरकारले योजना तोकेर बठायो । प्रदेश सरकारसँग इमान्दारीता छैन । सरकारले प्रदेशसभामा प्रतिवद्धता जनाएर मनलाग्दी गरी अपमान गरेको छ ।’ बजेट शोधन नभए सम्म प्रदेशसभा अवरुद्ध गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्