Logo
Logo

नयाँ राजनीतिक ध्रुवीकरण हुनसक्छ : बाबुराम भट्टराई


दृष्टि संवाददाता

10k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना रहेको बताएका छन्।

बुधबार ट्वीट गर्दै भट्टराईले कुनै संकटले नयाँ सम्भावना लिएर आउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धकोे प्रतिगमनको संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने उल्लेख गरेका हुन्।

ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि कम्युनिष्टका कुरा असान्दर्भिक भएकोले नयाँ ढंगबाट सोच्न उनले आग्रह गरेका छन्।

‘ओलीले कम्युनिष्ट पदावलीलाई नै बदनाम गराइसेकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्टको कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्