Logo
Logo

नदी उत्खनन् र दोहन बढ्दाे, सरोकारवाला निकाय मौन


हिक्मत बम


धनगढी । कैलाली जिल्लाका नदीहरू उत्खनन् र दोहन अवैधरुपले भइरहेको छ । जिल्लाको पूर्वी क्षेत्रका खोलानालाबाट अवैधरूमा ढुङ्गा, गिट्टी बालुवाको उत्खनन्, दोहन र चोरी निकासी बढ्दै गएको चुरेबासीहरु बताउँछन् ।

जिल्लाको गोदावरी, खुटिया, रोरा, गौरीगंगा, कर्णाली, गोराङ्गे, धोबेनी, चरेलालगायतका खोलाबाट अवैधरुपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् तथा चोरी निकासी भइरहेको स्थानीयहरु बताउँछन । खोलामा अवैधरुपमा नियम विपरित डोजर, स्काभेटर चलाएर ट्रीपर, ट्याक्टरमार्फत चोरी निकासी भइरहेको छ ।

व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि सरकारले नदिजन्य पदार्थको निकासी गर्ने पाइने भनेपछि जेठ १६ गतेबाट जिल्लाका नदीहरुबाट अवैध रुपमा ढुङ्गा, गिट्टी बालुवाको उत्खनन्, दोहन र चोरी निकासी हुँदै गएको हो ।

नियम विपरित चुरे क्षेत्रको संवेदशनशिलता र तल्लो तटिय क्षेत्रमा पर्न सक्ने प्रभावलाई वेवास्ता गर्दै जिल्लाका नदीहरुबाट अवैधरुपमा नदिजन्य पदार्थकाे दोहन र चोरी निकासी भइरहेको बताइन्छ ।

वातावरणीय प्रभाव मूल्याँकनबिना चुरेको तल्लो तटिय क्षेत्रबाट नदीकाे उत्खनन् र दोहन भइरहेको लम्कीचुहा नगरपालिकाका स्थानीय पूर्णप्रसाद बजगाईं बताए । उनले भने, ‘व्यापार घाटालाई सन्तुलनमा ल्याउनका लागि सरकारले बजेटमा नदीजन्य पदार्थको उत्खनन्को विषयलाई समावेश गरेपछि जिल्लाका नदिहरुबाट ढुङ्गा, गिट्टी, बालुवाको अवैध उत्खनन्, दोहन र चोरी निकासी भइरहेको छ ।’

उनले नियम विपरित नदिजन्य पदार्थको उत्खनन्् हुँदा पनि नजिकै रहेको सरोकारवाला निकाय सव–डिभिजन वन कार्यालय र स्थानीय सरकारले नदेखे झैं गर्दा वर्षतको समयमा बस्ती डुबानको समस्यासंगै बाढी बस्तीमा छिर्ने समस्या देखिएको बताए ।

उनले भने, ‘अबैध रुपमा उत्खनन् र निकासीमा संलग्न रहेका सवारी साधनसंग नत कुनै निकायले दिएको अनुमति पत्र छ, नत सो ठाउँबाट प्राकृतिक स्रोतसाधन पैठारी निकासी गरे वाफत सरकारलाई राजश्व तिरेको बिलनै छ ।’

चुरे क्षेत्रको तल्लो तटिय क्षेत्रका नदिहरुबाट नदिजन्य पदार्थको दोहन र उत््खनन गरिने हो भने चुरे खहरेमा परिणत हुने विज्ञहरु बताउँछन । विज्ञहरुकाअनुसार चुरे आफैमा अति नै समवेदनशिल छ, तर सो क्षेत्रका नदिहरुबाटनै ढुंगा, गिट्टी, बालुवाको चोरी निकासी हुँदै जाने हो भने चुरेमा बाढी पहिरो जोखिम त छदैछ । त्योसंगै भू–स्खलित हुने समस्या पनि बढ्दो छ ।

दिनदहाडै अवैधरुपमा प्रकृतिलाई नै चुनौति दिदै प्राकृतिक स्रोतसाधनको दोहन, उत्खनन् र चोरी निकासी कार्य धमाधम भइरहेको छ । यसमा अरु कसैको मिलेमतो त छैन भन्ने शंकाहरु स्थानीयहरुले गरेका छन ।

स्थानीयहरुका अनुसार यसरी भइरहेको अवैध गतिविधि नियन्त्रण र रोक लगाउनका लागि सारोकारवाला निकायको ध्यान नजानुले र ध्यान पुग्दा पनि नदेखे जस्तै गर्नाले उनीहरुको पनि मिलेमतो छकी भन्ने प्रश्न चिन्ह्र खडा भएको छ ?

चुरेको तल्लो क्षेत्रमा पर्ने खोलानालाहरुबाट दैनिक जसो नियम विपरित नदिजन्य पदार्थको उत्खनन् उत्खनन् भइरहने हो भने वर्षातको समयमा चुरेबाट आउने बाढी परिलोले तराईका बस्तीहरु जोखिमा रहने घोडाघोडी नगरपालिका स्थानीय कुशल हमालले बताए ।

विगतका वर्षका भन्दा यो बर्ष खोला नालाबाट अबैध उत्खनन् बढेको छ । उनले भने, ‘कुन खोलाको कुन ठाउँबाट कति गहिराई तथा चौडाईमा उत्खनन् गर्नुपर्ने हो भन्ने समेत हेक्का नराखी खोलाहरुमा डोजर, स्काभेटर चलाएर १० औं फिट गहिरो खाडल बनाएको देख्न सकिन्छ ।’
तर यता लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले तिब्र गतिमा बढी रहेको विकासक्रममा स्थानीय स्रोतसाधनको परिचालन गर्ने क्रममा केहि ठाउँमा उत्खनन् भइरहेको भएपनि अबैध उत्खनन गर्ने पक्षमा आफू नरहेको बताए ।

यसरी विकास निमार्ण र स्थानीय स्रोत परिचालनको नाममा अवैध उत्खनन् र चोरी निकासीले हुने हो भने चुरेको अस्तित्व त नासिनेनै छ, योसंगै तराईको अस्तित्व पनि सकिने निश्चितनै छ ।

पछिल्लो समय विकास निर्माणका नाममा वातावरणीय प्रभाव मुल्याँकनबिनानै स्थानीय तहको संरक्षणमा प्रकृतिलाई चुनौति दिदै नदिजन्य पदार्थको दोहन र उत्खनन भइरहेको छ । अहिले विकास गरेर मात्र सार्थकता हुँदैन, भोलीका दिनहरुमा आज गरेको विकासले पछुताउनु पर्ने अवस्था त कतै आउदैन ?

सबै चनाखो हुनुपर्ने देखिन्छ । यसरी गरिएको उत्खखन्ले भोलीका दिनमा हुन सक्ने विनासको आकलन समयमै गर्न सकिएन् भने हामिले जनधनको ठूलो क्षेति बेहोर्नु पर्ने देखिन्छ । त्यसैले समयमै सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्