Logo
Logo

वेस्टइन्डिज-एले नेपाललाई दियो १६१ रनको लक्ष्य



काठमाडौं । वेस्टइन्डिज-एले दोस्रो टी-२० खेलमा नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो ।

वेस्ट इन्डिजको लागि एन्ड्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बलमा तीन चौका प्रहार गरे । कप्तान रोस्टन चेजले २३, ओपनर जोन्सन चार्ल्सले ११ र केसी कार्टीले १० रन थपे ।

नवौँ नम्बरमा ब्याटिङमा आएका बुडाकेस मोटीले आठ बलमा दुई चौका र चार छक्कासहित अविजित ३३ रन बनाएपछि वेस्ट इन्डिजले १५० रन कटाएको हो ।

नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।

नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस्