Logo
Logo

बझाङमा बल्ल मतगणना सुरू


378
Shares

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । मतगणनाअघि सर्वदलीय बैठक बसेको थियो । बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । मत पेटिका संकलनमा ढिलाइ भएपछि गणना सुरु गर्न ढिलाई भएको बताइएको छ ।

बझाङ प्रदेशसभा– १ मा शनिबार सम्पन्न उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिस्पर्धामा छन् ।

नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्