Logo
Logo

वागमतीकाे नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


दृष्टि संवाददाता


काठमाडौं । वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोभिड खोप कोष स्थापना गर्ने घोषणा गरेको छ ।

बिहीबार मकवानपुरको हेटौडामा बसेको बागमती प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोभिड खोप कोष स्थापना गर्ने बताएका हुन् ।

नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण अभिभावक गुमाएकालाई भत्ता दिने घोषणा गरिएको छ । त्यस्तै यस्तै, ३६९ वटा स्थानीय तहमा ‘एक विद्यालय एक नर्स’ अभियान सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।

यस्तै, मेट्रो रेलको सम्भाव्यत्ता अध्ययन, खनिज इन्धनबाट चल्ने सवारी–साधन हटाउँदै विद्युतीय गाडी सञ्चालन गर्ने नीति पनि प्रदेश सरकारले लिने जनाएको छ ।

प्रदेशका सरकारी कार्यालयलाई विद्युतीय सवारी–साधन खरिदमा प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको प्रदेश प्रमुख प्रसाईले बताए । त्यस्तै यसैगरी, उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई समाधान गर्न उद्यमशीलता प्रविधि हस्तान्तरण गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाइने उहाले बताए ।

नीति तथा कार्यक्रममा प्रदेशले आगामी आर्थिक वर्षदेखि सार्वजनिक सेवा विद्युतीय माध्यमबाट गर्ने नीति लिने जनाइएको छ । प्रदेशमा रहेका आयोजनाहरुको नतिजामा आधारित अनुगमन गर्ने नीति लिने, स्थानीय प्रविधि विकासलाई प्रोत्साहन, आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने लगायतका कार्यक्रम बागमती प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तो छ वाग्मती प्रदेशको नीति तथा कार्यक्रम

प्रतिक्रिया दिनुहोस्