काठमाडाैं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अव कसैलाई नहुने दावी गरेका छन् ।
बिहीबार सिंहदरबारमा पदभार पछि आयोजित कार्यक्रममा गृहमन्त्री अधिकारीले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएको भन्दै जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अव कसैलाई नहुने बताएका हुन् ।
उनले गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिए । भ्रष्टाचारको दुर्गन्ध आए कम्परमाइज नगर्ने समेत प्रतिबद्धता जनाए । सरकारले प्रतिनिधिसभाको निर्वाचन तोकिसकेको अवस्थामा निर्वाचनलाई भयरहित बनाउन पनि उनले दृढता व्यक्त गरे ।