Logo
Logo
गण्डकी प्रदेश

बहुमत सांसदसहित मुख्यमन्त्रीमा कृष्णचन्द्रको दाबी


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका विपक्षी सांसदहरूले नयाँ सरकार दाबी गरेका छन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसदले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष दाबी पेस गरेका हुन् । आजै प्रदेश प्रमुखले २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी थिइन् ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका २/२ र स्वन्तन्त्र एक गरी ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नेता नेपालीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए ।

गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश सभा नै भंग गर्न लागेको भन्दै उनले सभा जोगाउन आफूले विपक्षीलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्