Logo
Logo

कर्णाली सांसद पुनर्बहालीविरुद्ध एमाले भ्याकेटमा जाने


दृष्टि संवाददाता

252
Shares

काठमाडाैं । फ्लाेर क्रश गरेको आरोपमा निस्कासन गरिएका कर्णााली प्रदेशका सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले पुनरावलाेकनमा जाने भएको छ । अदालतको फैसला कानुनअनुसार नभएको भन्दै एमालेले भ्याकेट दिने तयारी गरेकाे हाे ।

बिहीबार एमालेबाट कारवाहीमा परेका सांसद नन्दसिंह बुढा लगायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारवाहीमा परेका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । 

अन्तरिम आदेशमा चित्त नबुझे विपक्षीले भ्याकेट दर्ता गर्न सक्ने सर्वोच्च अदालतले बनाएको नियमावलीमा व्यवस्था छ । पार्टीको ह्विप उल्लंघन गरेको भन्दै चार जना सांसदलाई एमालेको दशौँ राष्ट्रिय सम्मेलनमा आयोजक कमिटीले पार्टीबाट निलम्बन गरेको थियो।

अदालतले त्यसरी कारबाही गर्ने अधिकार आयोजक कमिटीलाई नभएको फैसला गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको महाधिवेशन आयोजक कमिटी भन्ने शब्द उल्लेख नभएको भनेर आदेश आएको भएपनि यसलाई सच्याउनुपर्ने एमालेकाे भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्