
काठमाडौं । नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ३ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ८ हजार ५०६ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा २ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट १ हजार २ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संख्या ५ लाख २७ हजार १११ जना संक्रमणमुक्त भएका छन् । निको हुनेको दर ८६.९ प्रतिशत रहेको छ ।
यस्तै आज कोरोनबाट ६१ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ ।











