Logo
Logo

इन्सपेक्टर भर्नामा १३ जनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा नाम निकाले


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १३ चैत ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले खुलाएको इन्सपेक्टर भर्नामा १३ जनाले दुवैतर्फ नाम निकालेका छन् ।


सशस्त्र प्रहरीको इन्सपेक्टरको अन्तिम परिक्षामा सफल भएका १३ जनाले नेपाल प्रहरीमा पनि लिखित परिक्षामा नाम निकालेका छन् भने उनीहरुको मंगलबारदेखि अन्र्तवार्ता सुरु भएको छ ।
आदिवासी÷जनजातिबाट दीपेन्द्र श्रेष्ठ र दलितबाट देवीदत्त मोतेले दुवै प्रहरीमा नाम निकालेका छन् । यसै गरी नाम निकाल्न सफल हुनेमा अनिल सुवेदी, अर्जुन पौडेल, जगन्नाथ मरासिनी, दर्शन खड्का, दीपक कुँवर, नीरबहादुर बानिया, प्रदीप पौडेल, यज्ञराज भट्ट, रवीन्द्र चन्द, सुवास खत्री र हरि बराल छन् ।

प्रतिक्रिया दिनुहोस्