Logo
Logo

तीन पूर्व प्रधानमन्त्रीद्वारा नेता खनालको स्वास्थ्यलाभको कामना


दृष्टि संवाददाता

2.5k
Shares

काठमाडौं । तीन पूर्व प्रधानमन्त्रीले नेकपा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेता खनालको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान पौने ८ बजे नेता खनाल नर्भिक अस्पताल भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको छ । नेता खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा जनसम्पर्क विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्