Logo
Logo

२ हजार ६०७ संक्रमित थपिए, २ हजार १४१ जना संक्रमणमुक्त


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार देशभर गरिएको ७ हजार ७ सय ११ पीसीआर र ४ हजार ७ सय ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआरमा १ हजार ७ सय ६८ र एन्टीजेनमा ८ हजार ३९ जनामा पोजिटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या संख्या ५ लाख ४५ हजार ६ सय ६२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्