Logo
Logo

बेल्जियमकाे अपराजित यात्रामा फिनल्याण्डकाे चुनाैती


दृष्टि संवाददाता


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज राति बेल्जियमले फिनल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा राति १२ : ४५ मा सुरु हुने खेलमा बेल्जियम तेस्रो जीतको खोजीमा हुनेछ । नकआउट चरणमा पुगेपछि अपराजित रहने योजना बेल्जियमले बनाएको छ ।

फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । अर्को चरणमा पुग्न फिनल्याण्डलाई जीत अत्यावश्यक छ । बराबरीले अर्को खेलको नतिजामा निर्भर हुनु पर्नेछ ।

फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्