Logo
Logo

युरोकपमा युक्रेन र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदै


दृष्टि संवाददाता


काठमाडाैं । १६ औं संस्करणको युरोकप फुटबलमा आज युक्रेन र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘सी’ मा रहेको युक्रेन र अष्ट्रियाबीचको खेल ९:४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । अष्ट्रियाविरुद्ध युक्रेनलाई बराबरीको नतिजाले समेत नकआउट चरण पुग्ने समीकरण छ । तर, युक्रेन स्पष्ट जित निकाल्न चाहन्छ । अष्ट्रियालाई भने जित बाहेक अन्य बिकल्प छैन । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्