Logo
Logo

समूह विजेता बन्ने नेदरल्यान्ड्सकाे दाउ


दृष्टि संवाददाता


एजेन्सी । युरोकप फुटबलमा आज नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियासँग प्रतिस्पर्धा गर्दैछ ।  नकआउट चरणमा प्रवेश गरिसकेको भएपनि समूह विजेता बनेर नेदरल्यान्ड्स अन्तिम १६ मा पुग्न चाहान्छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो ।

आज नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । ६ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ ।

नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्