Logo
Logo

युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वाेच्चकाे आदेश


दृष्टि संवाददाता


काठमाडाैं । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न भनेको हो ।

मन्त्रिपरिषद बैठकले वैशाख २५ गते बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो ।

अदालतले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेको भन्दै कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हो ।

 प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभइ नियुक्तिको तयारी भएका बेला अदालतले रोक लगाएको हो ।नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कार्की पूर्वसामान्य प्रशासन मन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्