Logo
Logo

स्वतन्त्र सांसदको मान्यता दिन बेदुराम भुसालकाे माग


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रियसभा सदस्य बेदुराम भुसालले स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा सूचना दर्ता गराएका छन् ।

भुसालले एमाले संसदीय दलमा नभई स्वतन्त्र हैसियतमा क्रियाशील रहने बताउँदै साेही अनुसारकाे मान्यता दिन माग गरेका हुन् ।

तत्कालीन नेकपाबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका भुसाल नेकपा विघटनपछि एमालेको माधव नेपाल पक्षमा क्रियाशील छन् । उनी स्थायी कमिटी सदस्य हैसियतमा नेपाल समूहको बैठकमा भाग लिइरहेका छन् ।

राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल लगायतका सांसद तत्काली नेकपाको टिकटबाट जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्