Logo
Logo
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा

‘सांसद दलीय अनुशासनभन्दा बाहिर जान सक्दैनन्’


दृष्टि संवाददाता


काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभाका सदस्यहरुले दलीय ह्वीप उलंघन गर्न नसक्ने दावी गरेका छन् ।

संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस गर्दै महान्याधिवक्ता बडालले सांसदहरुलाई दलीय ह्वीप लाग्ने भएकाले उलंघन गर्न नमिल्ने दावी गरेका हुन् । बडालले भने– ‘सांसद बाँधा मजदुर त होइनन् । तर, दलीय अनुशासनभन्दा बाहिर जाने स्वतन्त्रता उनीहरुलाई छैन ।’

रिट निवेदक पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेललाई जवाफ दिने क्रममा महान्याधिवक्ता बडालले यस्तो तर्क गरेका हुन् । आइतबार वरिष्ठ अधिवक्ता खरेलले धारा ७६ (५) अनुसार सांसदहरु दलको बँधुवा मजदुर हुन नक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्