Logo
Logo

हाम्रो गठबन्धन संविधानको रक्षाका लागि हो : माधव नेपाल


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडौं । कपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धन लोकतन्त्र र संविधान बचाउनका लागि भएको बताएका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले विपक्षीको गठबन्धन लोकतन्त्र र संविधान बचाउनका लागि भएको उल्लेख गर्दै अरूको भन्दा आफ्नो अवस्था भिन्न रहेको बताए ।

उनले राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताए । उनले भने भने,‘हामीले जनता र राष्ट्रप्रति प्रतिबद्धता जनाएका छौं। राम्रो संस्कृति र राम्रो संस्कार बनाउन जरूरी छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकोमा संस्कार नभएको उटिप्पणी गरे ।

नेता नेपालले अध्यक्ष ओलीलाई भाषण रेकर्ड गरेर राख्न आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले आज बालुवाटारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालप्रति कटाक्ष गरेका थिए । नेता नेपाललाई प्रधानमन्त्री दिन आफूलाई बौलाह कुकुरले टोकेको छ र भन्ने अभिव्यक्ति प्रधानमन्त्री ओलीको थियो ।

न‘उहाँको भाषण रेकर्ड गरेर राख्नुहोला। राम्राराम्रा कुरा बोल्नुभएको होला। म पनि खोजिरहेको छु। भाषण ध्यान दिनुपर्ने रहेछ,’ नेता नेपालले भने, ‘बौलाह कुकुरले टोकेको छ भन्ने कुरामा ध्यान जाओस्।’

प्रतिक्रिया दिनुहोस्