Logo
Logo

कोरोनाको औषधि वैद्यखानामा थन्कियो


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाको औषधि सिंहदरबार वैद्यखानामा थन्कियो भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । किनभने अहिलेसम्म कोरोनाको औषधि बनेकै छैन । कोरोना भाइरसको उपचार र अनुसन्धानमा विश्वका शक्तिशाली देशहरुले खर्बौ डलर खर्च गरेका छन् । तर, यो रोगका बारेमा अनुसन्धान गरेर औषधि भने उत्पादन गर्न सकेका छैनन् ।

चीन, रुस, बेलायत, अमेरिका र भारतले कोरोना उपचारको खोप उत्पादन गरेका छन् । उक्त खोप लगाएका मानिसहरुमा पनि कोरोना पुनः संक्रमण भएको देखिएको छ । यसबाट के पुष्टि हुन्छ भने खोप नै यसको अन्तिम उपचार विधि होइन ।

विश्वका वैज्ञानिकहरु निरन्तर यसको निदानका लागि औषधि उत्पादन गर्न अनुसन्धानमा लागेका छन् । यसै क्रममा कल्पसनद अध्ययन प्रतिष्ठानले विभिन्न जडीबुटीबाट टरमरी गोल्ड (TURMARRIC GOLD) नामक औषधि उत्पादन गरेको छ । कोरोना संक्रमणबाट बच्न यो औषधि लाभदायक छ कि छैन भनेर यसको थप अनुसन्धान हुन जरुरी छ ।

यसको थप अनुसन्धान गर्ने उद्देश्यले प्रतिष्ठानका अध्यक्ष कमल जोशीले सिंहदरबार वैद्यखानासँग मौखिक सहमति गरेर परीक्षणका लागि उत्पादन गरेका नमूना औषधि अहिले वैद्यखानाको गोदाममा थन्किएको छ ।

प्रधानमन्त्री कार्यालय मतहतको सतर्कता केन्द्रले यसको उत्पादन, बिक्री वितरणमा रोक लगाएको हो । केन्द्रका अनुसार कोरोनाको औषधि हो भन्ने कुरा पुष्टि नगरीकन सिंहदरबार वैद्यखानाले नमूना परीक्षण उत्पादन किन ग¥यो भन्ने प्रश्न केन्द्रको छ । त्यसैले वैद्यखानाले केन्द्रको निर्देशनबमोेजिम उक्त नमूना औषधि गोदाममा थन्किएको हो ।

केन्द्रको भनाइमा वैद्यखानाले निजी कम्पनीको औषधि उत्पादन परीक्षण पनि गर्न पाउँदैन । त्यसमाथि स्वास्थ्य मन्त्रालयअन्तर्गतका कुनै पनि निकायसँग त्यस प्रतिष्ठानले औषधि उत्पादन गर्ने अनुमति नलिएको केन्द्रको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैँ भन्छन्– ‘हाम्रा पुर्खाले जुनसुकै रोगको पनि जडीबुटी पत्ता लगाएका छन् । त्यसको अध्ययन अनुसन्धान गर्नुपर्छ । नेपाल भनेको जडीबुटीको देश हो । त्यसैले आयुर्वेद औषधिमा ध्यान दिनुपर्छ ।

हो, प्रधानमन्त्री ओलीको यही कुरालाई विश्वास गरेर कोरोना जस्तो घातक रोगको औषधि नेपालले पत्ता लगाए पनि प्रधानमन्त्रीको ‘नाकैमुनि’ रहेको सतर्कता केन्द्रले यसको अनुसन्धान र वितरणमा रोक लगाएको छ ।

प्रतिष्ठानका अनुसार ‘TURMARRIC GOLD’ को २०७७ भदौ १५ गते आधारभूत स्वास्थ्य केन्द्र दुर्गाथली बझाङमा कोभिडका १७ जना बिरामीलाई परीक्षण गर्दा शतप्रतिशत बिरामीको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

उक्त स्वास्थ्य केन्द्रले दिएको रिपोर्ट अनुसार उच्च ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो, मुटुरोगीहरुमा यो औषधि प्रयोग गरिएको थियो । सुरुमा कोभिड ‘पोजेटिभ’ देखिएका गम्भीर खाले १७ जनालाई यो औषधि खुवाएर पुनः स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

सो स्वास्थ्य चौकीका अनुसार पोजेटिभ भएका बिरामीमा यो औषधि परीक्षण गर्दा १५ घण्टामै कोरोना संक्रमित बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । यदि यस औषधिको राम्रो अध्ययन, अनुसन्धान गर्ने हो भने कोरोना भाइरसको औषधि पत्ता लगाउने विश्वमा पहिलो देश नेपाल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्