काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नबुझाउने २९ वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई १५ दिनभित्र बक्यौता दाखिला गर्न अल्टिमेटम दिएको छ ।
प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखा, जमलले आज बिहीबार दुईवटा छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष रकम र सोमा लाग्ने थप दस्तुर तथा जरिवानासहितको बक्यौता रकम १५ दिनभित्र चुक्ता गरी जानकारी गराउन निर्देशन दिएको हो ।
तोकिएको समयावधिभित्र बक्यौता रकम चुक्ता नगरेमा सम्बन्धित सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम खारेजी प्रक्रिया अगाडि बढाइने र बाँकी बक्यौता रकम प्रचलित कानुन बमोजिम असुल गरिने चेतावनी प्राधिकरणले दिएको छ ।
बक्यौता नबुझाउने ९ सेवा प्रदायक (पहिलो सूचना)
प्राधिकरणले जारी गरेको ‘बक्यौता रकम दाखिला गर्ने सम्बन्धी सार्वजनिक सूचना’ अनुसार विगतका आर्थिक वर्षहरूदेखि बक्यौता रकम नबुझाएका ९ वटा सेवा प्रदायकहरूलाई १५ दिनभित्र रकम बुझाउन भनिएको छ । यस सूचीमा सुबिसु लिमिटेडसहितका कम्पनीहरू छन् ।
१. बेनी कम्युनिकेसन्स प्रालि, म्याग्दी
२. ब्रोड ब्यान्ड नेपाल प्रालि, बुटवल उपमहानगरपालिका–०९, रूपन्देही
३. फर्स्टलिङ्क कम्युनिकेसन्स प्रालि, दमक नगरपालिका–१०, झापा
४. क्षिरेश्वर नेटवर्क प्रालि, क्षिरेश्वरनाथ नगरपालिका–५, धनुषा
५. लुम्बिनी म्याक्स डिजिटल केबल नेट प्रालि, तिलोत्तमा नगरपालिका–७, रूपन्देही
६. मेड इन्फो टेक प्रालि, भरतपुर–१०, चितवन
७. प्राइम नेटवर्क प्रालि, भरतपुर महानगरपालिका–१६, चितवन
८. सुबिसु लिमिटेड, काठमाडौं महानगरपालिका–४, बालुवाटार
९. युनिफाइड कम्युनिकेसन प्रालि, दमक नगरपालिका–०९, झापा
अनुमतिपत्र नवीकरण नभएका र बक्यौता नतिरेका २० सेवा प्रदायक (दोस्रो सूचना)
त्यस्तै, ‘दूरसञ्चार सेवाको सञ्चालन तथा प्रयोग सम्बन्धी सार्वजनिक सूचना’ मार्फत प्राधिकरणले लामो समयदेखि बक्यौता नबुझाएका र अनुमतिपत्रसमेत नवीकरण नभएका २० वटा सेवा प्रदायकहरूलाई १५ दिनभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ ।
यस सूचीमा क्लासिक टेक, वेब सर्फर, टेकमाइन्ड्स, मर्केन्टाइल लगायतका कम्पनीहरू रहेका छन् ।
१. अलिशा कम्युनिकेसन लिङ्क प्रालि, बछ्यौली –२, चितवन
२. एरोनेट प्रालि, त्रिपुरेश्वर–११, काठमाडौं
३. ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेसन लिमिटेड, सानेपा, ललितपुर
४. क्लासिक टेक प्रा।लि।, नयाँ बानेश्वर, काठमाडौं
५. कम्युनिकेसन एण्ड कम्युनिकेट नेपाल प्रालि, जावलाखेल, ललितपुर
६. एभरेस्ट वायरलेस नेटवर्क प्रालि, नारायण नगरपालिका–१, दैलेख
७. जीआरएस लिङ्क इन्टरनेट सर्भिस प्रालि, व्यास नगरपालिका–०२, तनहुँ
८. आई जोन प्रालि, उर्लाबारी–२, मोरङ
९.कालिका नेट प्रालि, चापाकोट, स्याङ्जा
१०. खप्तड नेट प्रालि, मंगलसेन, अछाम
११. कनेक्ट नेपाल नेटवर्क्स प्रालि, थसिखेल–५, ललितपुर
१२. मर्केन्टाइल कम्युनिकेसन प्रालि, दरबारमार्ग, काठमाडौं
१३. नेक्स्ट गिकर्स प्रालि, काठमाडौं महानगरपालिका–२९
१४. नुम्बुर नेटवर्क प्रालि, काठमाडौं महानगरपालिका–७
१५. पोखरा इन्टरनेट प्रालि, गैह्रापाटन, पोखरा, कास्की
१६. सांग्रिला इन्फर्मेटिक्स प्रालि, काठमाडौं महानगरपालिका–३३, अनामनगर
१७. सुपर सितापाइला केबल नेट प्रालि, नागार्जुन नगरपालिका–०४, काठमाडौं
१८. टेकमाइन्ड्स नेटवर्क लिमिटेड, भरतपुर–३, चितवन
१९. अल्ट्रानेट कम्युनिकेसन प्रालि, बनेपा नगरपालिका–१०, काभ्रेपलाञ्चोक
२०. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रालि, धुम्बाराही, काठमाडौं
उपभोक्तालाई प्राधिकरणको आग्रह
प्राधिकरणले दोस्रो सूचनामार्फत आम दूरसञ्चार सेवाका प्रयोगकर्ताहरूलाई सेवा प्रयोग वा खरिद गर्दा नियमानुसार अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकहरूबाट मात्र सेवा प्रयोग तथा खरिद गर्नरगराउनसमेत सचेत गराएको छ ।


















