Logo
Logo

दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ


0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) अर्थात दुबईको भ्रमण सकेर स्वदेश फर्किएका छन् । दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन उनी कात्तिक २७ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका थिए । 

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

विश्वभरका प्रहरी प्रमुख र सुरक्षा विज्ञहरू भेला भएर सुरक्षा चुनौती र प्रविधिबारे छलफल गर्ने मञ्च ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा यसपटक नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) भने सहभागी भएका थिएनन् । प्रहरीको तर्फबाट एसएसपी ऋषिराम कँडेलको नेतृत्वमा डीएसपी गोविन्द राउत र इन्स्पेक्टर देवराज काफ्ले सम्मेलनमा सहभागी भएका थिए ।  

नोभेम्बर १६ देखि १८ (कात्तिक ३० देखि मङ्सिर २) सम्म चलेको सम्मेलनअघि कात्तिक २८ गते मन्त्री गुरुङले अबुधाबीस्थित नेपाली दूतावासको भ्रमण गरी अधिकारीहरूसँग छलफल गरेका थिए । सोही क्रममा उनले यूएईका वैदेशिक व्यापारमन्त्री डा.थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गरेका थिए 

गृहमन्त्रीको सचिवालयका अनुसार भेटमा सुरक्षा प्रविधि र ‘फेसलेस पुलिसिङ’ का साथै बूढीगण्डकी जलविद्युत् आयोजनामा यूएईको लगानीबारे छलफल भएको थियो । सम्मेलनबाहेक उनले दुबईका पर्यटकीय स्थलको भ्रमण गर्नुका साथै त्यहाँ रहेका नेपाली युवाहरूसँग भेटघाट गरेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000