Logo
Logo

पुर्खाको ज्ञानलाई स्वीकारेर नयाँ आविष्कार गर्न प्रधानमन्त्रीकाे आग्रह


दृष्टि संवाददाता


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुखार्ले छाडेका ज्ञानलाई अनुशरण गरेर अघि बढ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै नयाँ आविष्कार गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान् हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्वान् हुन सकिन्छ । हामीहरुले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता के हो भने मेमोरी पावर र इनोभेटिभ पावर । मेमोरी पावर र इनोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौं । हाम्रोजस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौं ।’

प्रधानमन्त्रीले मुलुकको सात दशक यता बिभिन्न क्षेत्रमा भएको बिकासलाई कसैले नकार्न नसक्ने बताए । सामाजिक न्यायका सवाल देखि शिक्षा क्षेत्रमा भएका उपलव्धीलाई कसैले बिर्सन नहुने उनको भनाई छ ।

त्यस्तै उनले आफुले मृगौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य क्षेत्रले पनि निकै फड्को मारेको धारणा राखे । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्