Logo
Logo

बदनाम गराउन दल दर्ता खारेजीको निवेदन दिएकाे माओवादीकाे दावी


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको भन्दै अवसरवादी र अनैतिक तत्त्वले पार्टीलाई बदनाम गराउन निवेदन दर्ता गराएको बताएका हुन् ​।

‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्त्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रले पार्टीसँग सरोकार नभएको व्यक्ति निवेदक रहेको र दल दर्ता खारेजीसम्बन्धी सामान्य कानुनी प्रक्रियाका बारेमा जानकारी नहुनेले त्यस्तो हर्कत गर्नु हास्यास्पद भएको समेत बताएको छ ।

०६९ देखि महाधिवेशन नभएको भन्दै नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको दर्ता खारेजी गर्नुपर्ने माग आयोगमा दर्ता गराएको निवेदनमा छ ।

प्रतिक्रिया दिनुहोस्