Logo
Logo

मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गर्ने पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका- २ का ३६ वर्षीय विजय श्याम रंजित रहेका छन् । उनलाई आइबार दिउँसो काठमाडौं महानगरपालिका- ३, महाराजगंजबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले प्रमाण प्रत्र प्रवेश परिक्षामा सहभागी भइ अनुतिर्ण भएपछि नेपाल मेडिकल काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर पत्रमा काउन्सिलको छाप लगाएका थिए ।

जिल्ला अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको महाराजगंज प्रहरी उपरीक्षक श्याम कुमार महतोले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्