Logo
Logo

त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद


दृष्टि संवाददाता


काठमाडाैं । त्रिभुवन विमानस्थल काठमाडाैंको भन्सार कार्यालयबाट १ किलो १६५ ग्राम सुन जस्तो देखिने बस्तु बरामद भएको छ ।

भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको हो । सुनसहित पदम परियार नाम गरेका व्यक्ति पनि पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ ।

आज विहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एअरलाइन्सको उडानबाट कफिको बट्टा जस्तो बनाएर उक्त बस्तु ल्याएको भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्