Logo
Logo

प्रधानमन्त्रीबाट बाहिरिएपछि सिंहदरबारमा ओली


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली बुधबार सिंहदरबार पुगेका छन् । प्रधानमन्त्री हुँदा एकदमै कम मात्र सिंहदरबार पुग्ने गरेका ओली बुधबार एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि उनले पहिलो पटक सिंहदरबार टेकेका हुन् । प्रधानमन्त्री हुँदा उनी आफ्ना कामकाज बालुवाटारबाटै चलाउँथे । प्रधानमन्त्री हुँदा ओलीले सिंहदबार कार्यालयका नगएको प्रति आलोचना समेत हुने गरेको थियो । अध्यक्ष ओलीले आफु पक्षका नेताहरूसँग आज समसामयिक राजनीति विषयमा कुराकानी गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्