Logo
Logo

एभरेष्ट बैंक ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबीएल एस नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रु १ हजार अंकित दरको २० लाख कित्ताले हुन आउने रु दुई अर्ब बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।

काठमाडौ लाजिम्पाटस्थित रजिष्टर्ड कार्यालय रहेको एभरेष्ट बैंक लिमिटेड प्रचलित कम्पनी कानून बमोजिम २०४९ मंसिर मा नेपाल सरकार, वाणिज्य विभागमा पब्लिक लिमिटेडको रुपमा दर्ता भएको कम्पनी हो । साथै २०५१ असोज ११ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न स्वीकृति प्राप्त गरी कम्पनीले २०५१ कात्तिक १ गतेदेखि आफ्नो वित्तीय कारोवार सञ्चालन गर्दै आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउँदै आइरहेको छ । हाल यस बैंकले आफ्नो १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टर मार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ ।

उक्त सम्झौतामा एभरेस्ट बंैक लिमिटेडको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले २०७८ साउन १२ गते हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्