Logo
Logo

प्रधानसेनापति थापा र भारतीय समकक्षीबीच टेलिफोन कुराकानी


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेबीच टेलिफोन कुराकानी भएको छ । उनीहरूबीच शुक्रबार साँझ कुराकानी भएको भारतीय सेनाले ट्विट गर्दै जानकारी दिएको हो।

उनीहरूबीच द्वीपक्षीय सुरक्षाको विषयमा कुराकानी भएको भारतीय सेनाको ट्वीटमा उल्लेख छ । प्रधानसेनापति थापाले भदौ २४ देखि अवकास पाउँदैछन्। अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ।

नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन्।

प्रतिक्रिया दिनुहोस्