Logo
Logo

नबिल बैंक र डिभी एक्सिलसबीच किसानलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य


दृष्टि संवाददाता


काठमाडौं । नबिल बैंक र डिभी एक्सिलस (खेती एप)द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानका लागि कृषि साधन, रसायन, मेशिनरी तथा अन्य आवश्यकतालाई खरिद गर्नका लागि सहज वित्तीय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ ।

यस रणनीतिक साझेदारीअन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहु‘च प्रदान गर्न नबिल बैंक प्रमुख बैंकको रुपमा अगाडि बढेको छ । यसैगरी किसानहरूले डिभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डिभी एक्सिलस निर्देशक देवेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, प्रमुख एसएमई तथा लघुवित्त निरज बस्नेत (डनिल)को उपस्थिति रहेको थियो । साथै डिभी एक्सिलसको तर्फबाट मुख्य संचालन अधिकृत किरण नायर र मुख्य प्रविधि अधिकृत सुभाष भट्टराईको उपस्थिति रहेको थियो ।

साझेदारीको बारेमा बोल्दै अनिल केशरी शाहले ‘नबिल बैंकले सदैब दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गरेका छन् । जुन नेपालको कुल ग्राह्रस्थ्य उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो । डिभी एक्सिलसस‘गको यस सहकार्यले कृषकको आवश्यकताअनुसार कृषि कर्जा प्रदान गरी उनीहरुको उत्पादन क्षमता वृद्धि गरी देशको आर्थिक विकासमा योगदान पु¥याउादै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुाच पु¥याउने अभियानमा सहकार्य गर्न पँउँदा उत्साहित छौँ भने ।

यस साझेदारीसँगै बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरी कृषकलाई गुणात्मक कृषि सँधानको सहज उपलब्धता र सहज वित्तीय पहुँचमार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै नविन सुरुवात गरेको छ । खेती एपको माध्यमबाट कृषकलाई डिजिटल कर्जा प्रदान गरिने र एपमा दर्ता भएका कृषकले एपबाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन् ।

त्यस्तै डिभी एक्सिलसका निर्देशक देवेश प्रधानले यस सहकार्यको माध्यमबाट डिभी एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एपको माध्यमबाट नेपाली किसानलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको छ । यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानलाई सहजै वित्तीय पहुँच प्रदान गर्नु हो, जसले साना कृषकलाई नवीनतम टेक्नोलोजी, उपकरण, मेसिनरी, प्रविधि र सरसधानको प्रवाहलाई प्रोत्साहित गर्ने बताए ।

बैंकले देशभर १३५ वटा शाखा कार्यलय, १८३ एटिएम, ५ विस्तारित काउन्टर एक हजार ५०० भन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहकेको छ । भने डिभी एक्सिलस प्रालि कृषि खाद्य प्रविधि कम्पनी हो । यो कम्पनी कृषि–क्षेत्रमा एकीकृत समाधानको विकास र कार्यान्वयन गरिरहेको छ । डिभी एक्सिलसको एक प्रमुख उत्पादन खेतीएप हो । खेतीएप एक बेबसाइट र मोबाइलमा आधारित प्लेटफर्म हो जसले मुख्यरूपबाट दुई प्रमुख ग्राहक समूहहरु किसान र उपभोक्तालाई लक्षित गरिरहेको । खेती एपमा १० हजार किसान, तीन हजार उपभोक्ता १०० रेस्टुरेन्ट र होटल र नेपालको प्रमुख कृषि व्यवसायीलाई आबद्ध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्