Logo
Logo

एमसीसीको विरोधमा प्रदर्शन


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी मिल्लेनियम च्यालेन्ज सहयोग (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडांैको माइतिघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए ।

प्रदर्शनकारीले एमसीसी चाइदैन आमा बेच्न पाइदैन, राष्ट्रघातिहरु होसियार, एमसीसी सांसदहरु होसियार लगाएतका व्यानर प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले एमसीसी अहिलको प्राथमिकता नभएको भन्दै विरोध गरेको बताएका थिए ।

उनीहरुले एमसीसीलाई अघि बढाए चूप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्