Logo
Logo
तुइनबाट खसेर वेपत्ता प्रकरण

तीन सुरक्षा निकायका घटनास्थलमा


दृष्टि संवाददाता

882
Shares

दार्चुला । व्यास गाउँपालिका– २ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा युवक बेपत्ता भएको घटना छानविन गर्न तीन वटा सुरक्षा निकायका अधिकारीहरु घटनास्थलमा गएका छन् ।

शुक्रबार सदरमुकाम खलंगा आउने क्रममा माल खानदानका ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए । भारतीय एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

उक्त घटनाको सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नाभट्ट जोशीका अनुसार सो घटनाको सम्बन्धमा सत्यतथ्य जानकारी गराई, आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनि भारतीय पक्षलाई पत्राचार गरिएको छ ।

धामीको अवस्था अझै अज्ञात छ । सो घटना अनुसन्धान र छानविनको क्रममा रहेको हुनाले दुई देशको सम्बन्धमा खलल पार्ने किसिमले प्रचार नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्