Logo
Logo

टोकियो ओलम्पिक : ड्रेसलले जिते पाँचौ स्वर्ण


दृष्टि संवाददाता


एजेन्सी । अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिक २०२० मा पाँचौ स्वर्णपदक जितेका छन् । । टोकियो अक्वाटिक सेन्टरमा आइतबार भएको चार गुणा १०० मिटर मिड्ले रिलेमा स्वार्ण जितेसँगै उनले पाँचै स्वर्ण जितेका हुन् ।

उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा दुई गरी चारस्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रि स्टाइल, १ सय मिटर बटर फ्लाइमा र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका थिए । १ सय मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन् । उनले १ सय मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान समेत बनाए ।

त्यसअघि ड्रेसलले ५० मिटर फ्रिस्टाइलमा ओलम्पिकमा कीर्तिमानसहित जारी ओलम्पिकमा चौथो स्वर्णपदक जित्न सफल भएका हुन् । ड्रेसलले २१।०७ सेकेण्डमा दूरी पूरा गरेका थिए ।

२४ वर्षीय सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका हुन् । फ्रान्सका फ्लोरेन्ट मानाउडोले २१.५५ सेकेण्डसहित रजत र ब्राजिलका ब्रुनो फ्रातुसले २१.५७ सेकेण्डसहित कास्य जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्