Logo
Logo

फेवातालमा डुंगा पल्टियो


दृष्टि संवाददाता

504
Shares

पोखरा । फेवातालमा डुंगा पल्टिएर फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । भक्तपुर घर भएका २१ वर्षीय सुगम शर्मा र वर्षा ढुङ्गानालाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

पोखरा महानगरपालिका–१८ स्थित रातोमाटा नजिकै फेवातालमा डुंगा शयर गर्ने क्रममा पल्टिएर तालमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले तत्काल उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्