काठमाडौं । ‘चोक्टा खान गएकी बूढी, झोलमा डुबेर मरी’ भनेजस्तै नेपालको एक मात्र ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा परिणत गरेर अर्बौ कमिशन कुम्ल्याउन हिँडेका डिमप्रकाश पौडेलको त्यस्तै हालत भएको छ ।

निगमका कर्मचारीहरु महाप्रबन्धक पौडेलको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको एक महिना हुन लागेको छ । निगमको आन्दोलनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी भए पनि मन्त्रिपरिषद्को विस्तारमा हुन गएको ढिलोका कारण प्रधानमन्त्री देउवाले उनलाई बर्खास्त गर्न सकेका छैनन् । बालुवाटार स्रोतका अनुसार नयाँ पर्यटनमन्त्री नियुक्त हुनासाथ पौडेल बर्खास्त हुनेछन् ।
महाप्रबन्धक पौडेल निगमभित्र छिर्नासाथ उनको सोच कसरी कमाउने भन्ने कुरामै केन्द्रित भयो । उनी महाप्रबन्धक नियुक्त हुनसाथ विभाग प्रमुखहरुको अधिकार कटौती गरेर एक लाखभन्दा बढीको सामान खरिद गर्नुपरे आफूसँग अनुमति लिनुपर्ने निर्देशन दिए । निगमको पाटपुर्जादेखि अन्य प्राविधिक काम परे लोकेन्द्र कार्कीको कम्पनीमार्फत खरिद गर्न आदेश दिए । निगमले बेचिसकेको बोइङ ७५७ को इन्जिनको भुक्तानी लिन आफैँ अमेरिका जाने तयारी गरे । कानूनी सल्लाहकार आभाष पण्डितलाई ‘डिल’ गर्न अमेरिका पठाए । यसबाट पनि उनको भ्रष्ट नियत उजागर हुन्छ । त्यति मात्र होइन, विभिन्न देशका स्टेशन मेनेजरहरुको सेवासुविधा कटौती गरेर आफ्नो तलबभत्ता एक लाख २५ हजारबाट २ लाख ५० हजार पु¥याए ।
निगमको आन्दोलनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी भए पनि मन्त्रिपरिषद्को विस्तारमा हुन गएको ढिलोका कारण प्रधानमन्त्री देउवाले महाप्रबन्धक पौडेललाई बर्खास्त गर्न सकेका छैनन् । बालुवाटार स्रोतका अनुसार नयाँ पर्यटनमन्त्री नियुक्त हुनासाथ पौडेल बर्खास्त हुनेछन् ।
भारत, दुबई, साउदी अरेबियामा जीएसए नियुक्ति गर्दा करोडौं कमिशनको ‘बार्गेनिङ’ गरे । विदेशमा इन्धन भर्दा र पाइलटहरुलाई होटलमा राख्दा आउने कमिशन सेटिङका लागि जुनियर पाइलट दिपु ज्वारचनलाई अप्रेशन विभाग प्रमुख बनाए ।
कोरोना कहरमा नेपाली श्रमिक विदेशमा अलपत्र पर्दा राम श्रेष्ठको हार्वेष्ट मुन ट्राभललाई चार्टर्डको जिम्मा लगाएर चर्को हवाई भाडा असुले । पहिलो ‘लकडाउन’का बेला पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसँग साँठगाँठ गरेर राम श्रेष्ठको हार्वेष्ट मुनले निगमको २२ वटा चार्डर्ट फ्लाइट ग¥यो । हार्वेष्ट मुनले हङकङ–काठमाडौंको एकतर्फी हवाईभाडा १ लाख ४६ हजारसम्म असुल्यो । जबकि हङकङ–काठमाडौंको हवाईभाडा बढीमा ३५ हजार मात्र हो । त्यसमाथि हङकङमा निगमको आफ्नै कार्यालय र कर्मचारी छन् । त्यहाँ निगम आफैँले चार्टर गर्न सक्छ । तर, कमिशन खान ट्राभलको जिम्मा लगाए ।











