Logo
Logo

महाकाली घटनाबारे जुनसुकै कदम चाल्न सरकार तयार छ : गृहमन्त्री


दृष्टि संवाददाता

630
Shares

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन समितिबाट प्राप्त प्रतिवेदनमार्फत सत्यतथ्य सार्वजनिक गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद्हरुले उठाएका क्रममा जवाफ दिने क्रममा सत्यतथ्य पत्ता लगाएर सार्वजनिक गर्ने बताका हुन् ।

उनले छानविन समितिको निष्कर्षलाई दृढताका साथ अघि बढाउने भन्दै नागरिकको जीवन रक्षा गर्नु सरकारको मूल कर्तव्य भएको बताए । उनले भने, ‘नेपाल सरकारले जे तथ्य हो, त्यही नै सार्वजनिक गर्ने छ। र त्यो तथ्यका लागि नेपाल सरकारले पूर्ण अडान लिनेछ। जुनसुकै कदम चाल्न पनि नेपाल सरकार तयार छ भन्ने पनि म प्रतिबद्धता व्यक्त गर्नेछु ।’

उनले सरकारले बनाएको छानबिन समितिले घटनास्थलमै पुगेरै छानबिन गर्ने बताए । साथै, तुइन तर्न सफल भएका, बाँकी रहेका र त्यहाँका आम नागरिकसँग पनि बुझ्ने र सत्यतथ्य संकलन गरेरै प्रतिवेदन बनाइने बताए ।

उनले नागरिकको जीवन रक्षाको लागि सरकार गम्भीर रहेको पनि बताए । उनले भने, ‘नागरिकहरुको जीवन रक्षा गर्नु राज्यको मूल दायित्व हो । नागरिकको जीवन रक्षाका लागि नै राज्य बनेको हो। राष्ट्र बनेको हो। सरकार बनेको हो। त्यसकारण नागरिकको जीवन रक्षामा गम्भीर छौं ।’

प्रतिक्रिया दिनुहोस्