Logo
Logo

हराएको पाँच महिनापछि घर्तीको कंगाल फेला


- दृष्टि न्युज/संवाददाता


सांकेतिक फोटो

वालिङ, २८ चैत । हराएको करिब पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कंगाल फेला परेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कंगाल फेलापरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार उक्त कंगाल पुतलीबजार नगरपालिका–१३ हिरापाटा बस्ने वर्ष ५२ का ड्यामबहादुर घर्तीको भएको खुल्न आएको छ ।
गत कात्तिक ६ गते आफूखुशी घरबाट हिँडेका घर्तीको मानसिक अवस्था ठिक नभएको मृतकका दाजु धनसिंह घर्तीले बताए । कंगालमा भएको कपडाको हुलियाका आधारमा धनसिंहले पहिचान गरी कंगाल बुझेर लैजानुभएको प्रहरी प्रवक्ता भण्डारीले बताए । ड्यामबहादुर हराएको पाँच दिनपछि धनसिंहले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा हुलियासहित निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्