
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोकको दोलालघाटमा भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा नाच्दै । रासस
काभ्रेपलाञ्चोक, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताएका छन् । आउँदो ४ वैशाखसम्म आयोजना हुने दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन गर्दै उनले भने, ‘हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।’ कार्यक्रममा दिल खोलेर नाचेका उनले भने, ‘पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा ल्याइन्छ ।’
मन्त्री बाँस्कोटाले सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने बताए । ‘हामीले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग ग¥यौँ भने समृद्धि टाढाको विषय होइन’ उनको भनाई थियो ।
उनले पर्यटनले आफ्नो पहिचान जोगाउने बताउँदै आफ्नै स्थानका उत्पादनलाई जोड दिँदै पर्यटकीय पहिचान कायम राख्नुपर्ने धारणा राखे । उनले भने, ‘मानिस र पृथ्वीको रक्षा गर्दै विकासलाई तीव्रता दिने हो, मानिस र पृथ्वीको रक्षाविना समृद्धिको कुनै अर्थ रहन्न । प्राकृतिक स्रोत र सौन्दर्य बिगार्दै मानिस र पृथ्वी नरहने विकास हामीले चाहेका होइनौँ ।’
कार्यक्रममा पूर्वराज्यमन्त्रीद्वय गोविन्दनाथ उपे्रती र सूर्यमान दोङ, जिल्ला समन्वय समितिका सदस्य पे्रम लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका सदस्य सुरकृष्ण वैद्यलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।