Logo
Logo

पूर्वन्यायाधीश फोरमद्वारा न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ चैत । पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको भन्दै असन्तुष्टि जनाएको छ ।
फोरमका महासचिव शम्भुबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँग सम्बद्ध इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहित भएको जनाउँदै परिणामस्वरुप न्याय सम्पादनको कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने चेतावनी दिइएको छ ।
परिषद्ले यही १९ चैतमा सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । उच्च अदालतका न्यायाधीशले बुधबार नै पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्